Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नेपाली समाज विचलनतिर गइरहेको छ : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली समाज विचलनतिर गइरहेको बताएका छन् । 

 


शुक्रबार सहिद कृष्ण सेन इच्छुकको २० औँ स्मृति दिवसको अवसरमा प्रेस सेन्टर नेपाल र जनसांस्कृतिक महासंघ नेपालले काठमाडौंमा संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रिया तथा पुरस्कार प्रदान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपाली समाज विचलनतिर गइरहेको बताएका हुन् ।

 


उनले नेपाली समाज विचार र निष्ठाको आधारमा नचलेको बताए । उनले क्षणिक, व्यक्तिगत स्वार्थको निम्ति समाजमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी गरे ।

 

 

उनले नयाँ खालको अनुसन्धान, आविष्कार र अभियानको खोजीमा केन्द्रित हुन जरुरी रहेको बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै