Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै, यस्ता छन् एजेन्डा

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज(शुक्रबार) बस्दैछ। बैठक ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा शुक्रबार दिउँसो २ बजे बस्नेछ।

 

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । 

 

बैठकको मुख्य एजेन्डामा पार्टीको आगामी १४औँ महाधिवेशनको तयारी तथा समसामयिक विषय रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।कांग्रेसले आगामी भदौ ७ गते १४औँ महाधिवेशनको मिति तोके पनि काम अघि बढ्न सकेको छैन । 


बैठकमा कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र विपक्षमा रहेका दलहरुसँग गठबन्धन गरेर सरकार निर्माण गर्ने विषयमा पनि छलफल गर्ने शर्माले बताए ।

 

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कांग्रेसको निर्णय पर्खिरहेका छन् । बिहीबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले समेत प्रमुख प्रतिपक्षी दल कांग्रेसको औपचारिक निर्णयपछि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिनेबारे निर्णय गर्ने निष्कर्ष निकालेको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै