
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तहको निर्वाचनको परिणामपछि आफ्नो पार्टी सत्तारुढ गठबन्धनभित्र धेरै असन्तुष्ट रहेको बताएका छन् ।
शनिबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता खनालले सम्मानजनक ढंगले गठबन्धन हुँदै नभएको भन्दै सो निर्वाचनको परिणामबाट आफ्नो पार्टी धेरै असन्तुष्ट रहेको टिप्पणी गरेका हुन् ।
उनले आफूहरुको असन्तुष्टि सत्तारुढ दलहरुको बैठकमा राखिएको र आन्तरिक रुपमा पनि छलफल गरेर एउटा निष्कर्षमा पुग्ने प्रतिक्रिया समेत दिए ।
फरक प्रसंगमा खनालले तत्काल वामपन्थी दलहरुबीचको एकताको आवश्यक्ता औंल्याउँदै त्यो सम्भावना भने अहिलेलाई निकै कमजोर रहेको बताए ।
खनालले वामपन्थी दलहरुबीचको एकता तत्कालका लागि आवश्यक भएपनि प्रमुख दलका नेताहरुका कारण सो सम्भावना निकै कमजोर हुने पुगेको तर्क गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit