
पाकिस्तानका चार्ज डी अफेयर्स अधिकारी अदनान जाभेद खानाले नेपाल–पाकिस्तानबीचको बलियो सम्बन्धको प्रतिबिम्ब छात्रवृत्ति कार्यक्रम भएको बताएका छन् । शनिबार नेपालस्थित पाकिस्तान दूतावासले काठमाडौं आयोजना गरेको कार्यक्रमा उनले पाकिस्तानबाट नेपाली विद्यार्थीलाई छात्रवृत्ति सहयोग निरन्तर हुने प्रतिबद्धता पनि व्यक्त गरेका हुन् ।
दूतावासले छात्रवृत्ति पाई पाकिस्तानका विभिन्न शैक्षिक संस्थामा अध्ययन गरेका विद्यार्थीसँग भेटघाट कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पाकिस्तान टेक्निकल असिस्ट्यान्स प्रोग्राम (पीटीएपी) अन्तर्गत विभिन्न विषयमा छात्रवृत्ति पाउने विद्यार्थीहरु सहभागी थिए ।
नेपाली विद्यार्थीले पीटीएपीअन्तर्गत पाकिस्तान सरकारबाट छात्रवृत्ति पाई एमबीबीएस, बीओएस, डी फार्मेसी, बीएस इन्जिनियरिङ जस्ता क्षेत्रमा अध्ययन गर्दै आएका छन् ।
कार्यक्रममा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक संघ (एनपीएफसीए) का प्रमुख हिमालय शमशेर जबरा प्रमुख अतिथिको रुपमा सहभागी थिए । कार्यक्रममा उनले नेपाल–पाकिस्तानबीचको गहिरो सम्बन्ध र पाकिस्तानले नेपालको शिक्षा क्षेत्रमा गरेको सहयोगको प्रशंसना गरेका थिए । उनले यस्तो सहयोग जारी रहने पनि विश्वास व्यक्त गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit