
नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुनः चयन भएकोमा अमेरिकाले पुष्पकमल दाहाल प्रचण्डलाई बधाई तथा शुभकामना दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले ट्वीटरमार्फत प्रचण्डलाई बधाई दिएको हो ।
अमेरिका विश्वभर प्रजातन्त्र र नेपालको प्रजातान्त्रिक प्रक्रियाप्रति प्रतिबद्ध रहेको पनि दूतावासले जनाएको छ ।
माओवादीको आठौं महाधिवेशनबाट अध्यक्षमा प्रचण्ड पुनः अध्यक्ष चयन भएका थिए । उनलाई सोमबार माओवादीको केन्द्रीय कमिटीले निर्विरोध अध्यक्ष चयन गरेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit