Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

पाकिस्तानमा मनाइयो नेपाली सेना दिवस 

पाकिस्तानस्थित नेपाली दूतावासले शुक्रबार नेपाली सेना दिवस २०७८ आयोजना गरेको छ । पाकिस्तान सरकारले कोभिडका कारण जमघटमा प्रतिवद्ध लगाएका कारण यसपटकको सेना दिवस ढिलो गरि आयोजना गरिएको हो । 

 

पाकिस्तानी स्थल सेनाका मेजर जर्नेल  मजिँद जहाँगिरको प्रमुख आतिथ्यमा सम्पन्न  सेना दिवसका त्यहाँको नौ सेना तथा वायु सेनाका वरिष्ठ अधिकारीसहित कुटनीतिक नियोगका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।  

 


कार्यक्रममा सांसद, उच्च सरकारी अधिकारी, इस्लामावादको कूटनीतिक नियोगका सदस्य, नेपालका साथीभाइ तथा नेपाली समुदायका सदस्यहरुको समेत उपस्थिति रहेको पाकिस्तानस्थित दूतावासले जनाएको छ । 

 

नेपालले विश्वभर रहेका आफ्ना कुटनीतिक नियोगहरुमा वर्षेनी नेपाली सेना दिवस मनाउँदै आएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै