Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

युक्रेनको राजधानी कीभमा रुसी सेना प्रवेश

लगातार रुपमा युक्रेनमा आक्रमण गरिरहेको रुसी सेना यतिखेर युक्रेनको राजधानी कीभ कब्जा गर्न अग्रसर देखिएकाे छ ।

 

 

युक्रेनको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै युक्रेनको राजधानी कीभमा रुसी सेना आइसकेको बताएकाे छ । मन्त्रालयका अनुसार कीभ कब्जा गर्नका लागि रुसी सेनाहरुले सार्वजनिक स्थलहरुमा गोलीको वर्षात गरिरहेका छन्  । 

 

 

मन्त्रालयले कीभमा रहेको संसद भवनको ९ किलोमिटर पर रुसी सेना आइपुगी सकेको बताएको छ । रुसी सेनाले कीभको सार्वजनिक स्थलहरुमा आक्रमण गर्न थालेको पनि बताएको छ ।

 

 

रुसले युक्रेनमा बिहीबारदेखि लगातार रुपमा आक्रमण गर्दै आइरहेको छ । २४ घण्टाको आक्रमणको दौरानपछि रुसी सेना शुक्रबार कीभमा प्रवेश गरेको बताइएको छ । युक्रेनले रुसी सैनिकलाई रोक्न पेट्रोल बम प्रहार गरिरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताइरहेका छन् । एजेन्सीकाे सहयाेगमा
 

प्रतिक्रिया

83
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै