
फ्रान्सका राष्ट्रपति एम्यानुयल म्याक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित भएका छन् । प्रमुख प्रतिस्पर्धी मारिनले पेनलाई पराजित गर्दै उनले आफ्नो कार्यकाल फेरि दोहो¥याएका हुन् ।
उनले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराइएको थियो ।
दोस्रो चरणमा उनका प्रतिस्पर्धी पेनले ४१.४ प्रतिशत मत पाएका थिए । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति म्याक्रोनले ६६.१ प्रतिशत मत ल्याउँदा प्रतिस्पर्धीले भने ३३.९ प्रतिशत मत पाएका थिए । राष्ट्रपति म्याक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरे पनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गरेका छन् ।
उनको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ । उनलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका छन् ।
फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो संख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit