Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

यमनमा साउदी सेनाको कारबाहीबाट २०० हुथी विद्रोहीको मृत्यु

फाइल तस्बिर

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गत शनिबारदेखि निरन्तर रुपमा कारबाही जारी राखेको छ । सो हवाई कारबाहीमा परेर कम्तीमा पनि २०० जना हुथी विद्रोहीहरु मारिएका बताइएको छ । 

 

उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि १९० जना हुथी विद्रोहीहरुको ज्यान गएको साउदी अ‍ेरिबयाको सरकारी प्रेसले शनिबार जनाएको थियो । तर आइतबार यसमा वृद्धि भएको छ । सो कारबाहीमा परेर कम्तीमा पनि २०० जनाको ज्यान गएको र अरु कैयौँ घाइते भएका यमनको सरकारी सेनाले आइतबार साँझ पुष्टी गरेको जानकारी दिएका छन् ।

 

यमनमा साउदी अरेबियाको नेतृत्वमा रहेको सेनाले विगतदेखि नै हुथीका विरुद्धमा कारबाही गर्दै आएको छ । उक्त सैन्य समूहमा यमनी सेना पनि रहने गर्दछन् । मारिब क्षेत्रमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो । साउदी सेनाको नेतृत्वको हवाई सेनाले शनिबारदेखि नै सो क्षेत्रमा हमला गरेका हुन् । शनिबारदेखि कम्तीमा पनि ३६ ओटा साना ठूला आक्रमणहरु गरेको पाइएको छ ।

 

शनिबारको सो आक्रमणका क्रममा हुथी विद्रोहीहरुका कम्तीमा पनि २१ ओटा आश्रयस्थल र केही सवारी साधनहरु ध्वस्त पारिदिएको बताइएको छ  । साउदी अरेबियाले इरान समर्थित हुथी विद्रोहीविरुद्ध सन् २०१४ देखि हवाई आक्रमण गरिरहेको छ । यमनको गृहयुद्धका कारण हजारौंको ज्यान गइसकेको छ भने लाखौं विस्थापित छन् ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै