Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

श्रीलंका र डेनमार्कका प्रस्तावित राजदूत संसदीय सुनुवाइ समितिबाट अनुमोदित

संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम सर्वसम्मतले अनुमोदन गरेको छ । 

 

मंगलबार बसेको समितिको बैठकले श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । यसअघि समितिले सरकारद्वारा विभिन्न १८ देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको थियो । 

 

प्रस्तावित राजदूूत राय र मिश्रविरुद्ध भने उजुरी परेकोले अनुमोदन हुन बाँकी थियो । बैठकमा बोल्दै समितिका सभापति लक्ष्मणलाल कर्णले उजुरी औचित्यहीन भएकोले समितिले सर्वसम्मत राजदूतको नाम अनुमोदन गरेको बताए । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै