
सन् २००५ मा भएको २ देशबीचको श्रम सम्झौतालाई पुनरावलोकन गर्न नेपाल र कतारका उच्चस्तरीय श्रम अधिकारीहरुले आज बसेको बैठकमा सहमति जनाएका छन् । यस बैठकमा २ देशका अधिकारीहरु बीच भएको सम्झौतामा उल्लेख नभएका विषयहरुको अध्ययन गरी थप गर्न सहमति भएको हो ।
यस बैठकका लागि कतारको प्रशासनिक विकास, श्रम तथा समाजिक मामिला सचिवको नेतृत्वको टोली बिहीबार नेपाल आएको थियो । टोलीमा कतारको श्रम, आन्तरिक, कानुन र परराष्ट्र मामिला मन्त्रालयका अधिकारीहरू रहेका छन् ।
उक्त बैठकमा घरेलु कामदारका रुपमा जाने नेपालीहरुको सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यपस्थापनका विषयमा अध्ययन गर्न दुबै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन हस्तान्तरण गरेपछि त्यसलाई श्रम सम्झौतामा समावेश गर्ने सहमति भएको हो ।
त्यस्तै, उक्त बैठकमा घरेलु कामदारका रुपमा जानेहरु सुरक्षाका लागि कतार र नेपालले गर्नुपर्ने व्यवस्थाहरु अध्ययन गर्नका लागि दुबै देशले कार्यदल गठन गर्ने र कार्यदलले प्रतिवेदन बुझाएपछि श्रम सम्झौतामा त्यसलाई पनि समावेश गर्ने सहमति समेत भएको छ । कतारबाट फर्किएकालाई नेपालमा पुनस्र्थापना गर्न नेपाल सरकारले गरेको प्रस्तावलाई कतारले मान्ने र सातवटै प्रदेशमा तालिम केन्द्र स्थापना गर्न कतार सरकारले सहयोग गर्ने सहमति पनि बैठकमा भएको छ ।
कतारले घरेलु श्रमिकलाई सम्बोधन हुने गरी २०७४ भदौ ६ मा जारी गरेको कानुनमा नेपालको संसदले घरेलु श्रमिकको सुरक्षाको पक्षमा उठाएका धेरै विषयमा सम्बोधन गरिसकेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit