Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

२ मैत्रीपूर्ण खेल खेल्न आइपुग्याे मोरिसस टोली नेपाल

आयोजक नेपालसँग दुई मैंत्रीपूर्ण खेल खेल्नका लागि सोमबार मोरिसस टोली काठमाडौं आईपुगेको छ । 

 

पहिलो पटक नेपालसँग मैत्रीपूर्ण खेल खेल्न नेपाल आएको टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)  पदाधिकारीले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । पहिलो पटक अफ्रिकी देशसँग मैत्रीपूर्ण खेल खेल्नका लागि नेपाली टिम अहिले बन्द प्रशिक्षणमा रहेको हो । 

 

 

 

 

हाल फिफा बरियताको १ सय ७२ औं स्थानमा रहेको मोरिसस टिमले नेपालसँग सुखद नतिजाका लक्ष्य लिएर आएको बताएको छ । यद्यपि कोरोना र चोटका कारण मुख्य खेलाडीबिना नै मोरिसस नेपाल आएको हो । पहिलो पटक नेपाल आएको र माल्दिभ्ससँग नेपालको खेल हेरेर आफ्नो रणनीति बनाएको मोरिससका मुख्य प्रशिक्षक माइरी पास्कल टोनी फ्रान्कोइसले बताएका छन् ।

 

 

नेपालसँग हुने खेल मोरिससले मार्चमा हुने अफ्रिकन कप अफ नेशनन्सको छनोटको तयारीका रुपमा लिएको छ । घरेलु टोलीसँग खेल्न सहज नहुने भन्दै राम्रो फुटबल खेलेर स्वदेश फर्किने लक्ष्य रहेको प्रशिक्षकले बताएका छन् ।

 

 

 

 

 

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा माघ १५ र १८ गते हुँदैछ । नेपाल आइपुगेको टोलीको कोरोना परिक्षणपश्चात् मात्र अभ्यास गर्न अनुमति दिने एन्फाको तयारी रहेको छ  । कोभिड मापदण्ड अन्र्तगत मोरिसस टोली खेल भन्दा ५ दिन अगाडी नै काठमाडौं आइपुगेको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै