
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् ।
सोमबार काठमाण्डाैमा आयोजित भृकुटीमण्डप निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभामा बोल्दै मन्त्री रेग्मीले अव्यवस्थित रुपमा रहेको भृकुटीमण्डप बजारलाई व्यवस्थित बनाउने बताएकी छन् । उनले भृकुटीमण्डपमा अहिले अव्यवस्थित रुपमा सञ्चालन हुँदै आएकाले यसलाई व्यवस्थित बनाउँदै साना व्यापारी मैत्री क्षेत्र बनाउने योजना रहेको बताएकी छन् ।
उनले भृकुटीमण्डपमा धेरै समस्याहरुको भन्दै सबैलाई व्यवस्थित गर्नु पर्ने जरुरी रहेको उल्लेख गरेकी छन् । उनले भृकुटीमण्डपमा रहेका निम्न व्यवसायीले तिर्दै आएको भाडालाई वैज्ञानिक रुपमा वृद्धि गर्दै प्लास्टिकको छानोलाई परिर्वतन गर्ने काम समेत अगाडि बढाउने बताएकी छन् । उनले भृकुटीमण्डप स्टलको भाडा बढाएर व्यापारी बस्ने स्थान व्यवस्थित र सरसफाइमा समेत व्यवस्थित बनाइने बताएकी छन् । उनले बजार स्थापना भएको २७ वर्ष पुगे पनि बजारलाई व्यवस्थित गर्न नसक्नु राम्रो नभएको बताएकी छन् । समाज कल्याण परिषद्सँग भएको सम्झौता सकिए पनि पुनः सम्झौता गर्न तयार रहेको उनले बताएकी छन् ।
‘भृकुटीमण्डप धेरै अवस्थित रुप सञ्चालन हुँदै आएकाले अब व्यवस्थित बनाउनु जरुरी छ । त्यसको लागि समाज कल्याण परिषद् तयार छ । परिषद् महानगरपालिकाको वडासँग सहकार्य गरेर अगाडि बढ्छ । वडा अध्यक्ष भृकुटीमण्डपलाई व्यवस्थित बनाउनको लागि तयार हुनुहुन्छ । परिषद्ले तीन दिन भित्र पत्र लेख्न निर्देशन दिन्छु । भृुकुटीमण्डपको व्यापारीहरुले परिषद्लाई तिर्दै आएको भाडा नाङ्लो पसलले महानगरलाई दिने भन्दा पनि कम भएको छ । यसलाई वैज्ञानिक ढङगले भाडा वृद्धि गरेर जानुपर्छ । अनि मात्रै बजार व्यवस्थित हुन्छ । त्यसको लागि व्यापारीको पहिलो सहयोग आवश्यक छ । त्यस पछि समाज कल्याण परिषद्ले व्यापारी बस्ने स्थान र सरसफाइ देखि सबै कुरालाई व्यवस्थित बन्छ । यस्तो हुँदा मात्रै यो क्षेत्र साना व्यापारी मैत्री बन्न सक्छ । हाम्रो प्रयास पनि साना व्यापारी मैत्री क्षेत्र बनाउने हो । त्यसको लागि व्यवसायी तयार हुनुपर्छ । तर ।स्थापना भएको २७ वर्ष हुँदा पनि बजार व्यवस्थित बनाउन नसक्नु राम्रो होइन्। अब प्लास्टिकको छानो हटाएर जस्तोको छानो हाल्ने योजना छ । त्यस्तै सकिएको सम्झौता पनि पुनः थप्दै जाने छौं’ उनले भनिन् ।
उनले पछिल्लो समय भृकुटीमण्डपका व्यापारीहरुले बीचबीचमा समाजकल्याण परिषद्भन्दा बाहिर सम्झौता हुने गरेको भन्दै परिषद्मा नै गएर सम्झौता गर्न व्यापारीलाई आग्रह गरेकी छन् । उनले भृकुटीमण्डपका व्यापारीको घर धनी भनेको समाज कल्याण परिषद् भएको भन्दै घर धनीलाई थाहा नदिई सामान बेच्न नपाउने बताएकी छन् । कार्यक्रममा संघले मन्त्रीसँग गत मंसीर २४ गतेदेखि सकिएको सम्झौता थप गर्न आग्रह गरेको थियो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit