Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा छैन : गगन थापा 

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाडौं फोहोर थेग्न सक्ने अवस्थामा नरहेको बताएका छन् । 

 


शुक्रबार शहरी विकास मन्त्रालयमा भएको ल्याण्डफिल्ड साइड बञ्चरे डाँडा र सरकारवाला निकायहरुबीचको छलफलमा महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले काठमाडौं उपत्यकामा जम्मा भएको फोहोर विसर्जन हुन नसक्दा जनस्वास्थ्यमा असर पर्न थालिसकेको बताए । 

 


उनले विगतमा गरिएका गल्ती  नदोहोर्‍याउने प्रतिबद्धता गर्दै स्थानीयहरुले अहिलेको सरकारसँग र समस्या समाधान गर्न बनेको संयन्त्रसँग विश्वास गर्न आग्रह गरे ।

 

महामन्त्री थापाले जग्गा अधिग्रहण गर्ने सबैभन्दा महत्वपूर्ण भएकोले प्रधानमन्त्रीलाई यसबारेमा सबैले अनुरोध गर्नुपर्ने बताए । उनले अहिले सरकारसँग भएको पैसाबाट नै ल्याण्डफिल्ड साइटको जग्गा अधिग्रहणको मुआब्जा वितरण गर्न सकिने स्पष्ट पारे । 

 


महामन्त्री थापाले काठमाडौंमा यो वर्ष बनाउने भनेका पूर्वाधार संरचनाहरु रोकेर भएपनि फोहोर व्यवस्थापन गर्न लाग्नुपर्ने दोहोर्‍याए ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै