Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा तारा एयरको उडान सुरु

तारा एयरले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यवसायिक उडान शुरु गरेको छ । 

 

 

विमानस्थलको धावनमार्ग सम्पन्न भएपछि एयरलाइन्सले बुधबारबाट व्यवसायिक उडान भरेको हो । तारा एअरको नाईन एनएलओ टुइनअटर वायुयान बिहान १०ः४० बजे त्रिभुवन अन्तर्रास्ट्रिय विमानस्थलबाट उडेर ११ः२७ मा सुकिलुम्बा एअरपोर्टमा अवतरण गरेको थियो । 

 

तारा एअरले नेपाल पर्यटन बोर्ड, इलाम नगरपालिका र पर्यटन व्यवसायीको सहकार्यमा यो उडान गरेको एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनुज रिमालले बताउनु भयो । उहाँले विमानस्थल निरन्तर उडानका लागि प्रतिबद्ध रहेकोसमेत बताए ।

 

 

‘कमर्सियल फ्लाइट आजबाट शुरु भएको छ, त्यसलाई निरन्तरता दिनेछौँ । तपाईहरुको उपस्थिति, जहाज आउँदाको उत्सुकता देखेँ मलाई झनै प्रतिबद्ध हुने उत्सुकता आयो । इलामवासीको साथ र सहयोग भए निरन्तर उडान भर्न सकिन्छ’ उनले भने ।

 

 

त्यस्तै तारा एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा मात्र उडान सफल भएको बताए । उनले आगामी दिनमा निरन्तर उडान भर्नका लागि अध्ययन भइरहेको र इलामवासीले सहयोग गरेर निरन्तर उडानलाई सहजता प्रदान गर्ने विश्वास रहेको बताए । उनले अबका दिनमा सो विमानस्थलमा आइतवार र बिहीवार दुई दिनको लागि उडान तालिका बनाएको पनि बताए ।

 

 

‘इलामको फाल्गुनन्द सुकिलुम्बा एयरपोर्टको पिच गरिसकेपछि पहिलो व्यवसायीक उडान गर्न पाएकोमा तारा एयर एकदम हर्षित छ । यो फ्लाइट तारा एयर एक्लैको हिलमा भएको होइन । विभिन्न पर्यटन व्यवसायी, पर्यटन बोर्ड र इलाम नगरपालिकाको सहकार्यमा सबैको संयुक्त प्रयासले व्यवसायिक उडान गर्न सफल भएका छौँ । यहाँ उडान आजबाट शुरुवात भएपनि तारा एयरले आईतवार र बिहीवार दुई दिनको लागि सेड्युल राखेका छौँ ।  किनभने नगरपालिकाको अनुरोध अनुसार आईतवार आउनुभएका पर्यटक बिहीवार फर्किने र बिहीवार पुगेकाहरु आईतवार फर्किने भएकोले त्यही हिसावले सेड्युल मेन्टेन गरेका छौँ । यसलाई नरन्तर सञ्चालनका लागि नगरपालिका, मेयरसाबहरु सबै लागिरहनु भएको छ । निरन्तर उडान गर्ने हाम्रो योजना छ’ उनले भने ।

 

 

पहिलो व्यवसायिक उडानमा पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाल, टानका अध्यक्ष अच्युत गुरागाई, होटल एशोसिएशनका उपाध्यक्ष विनायक शाह सहितको पर्यटन व्यवसायी लगायत यात्रु तथा तारा एअरका प्राविधिक टोली गरी १४ जना सहभागी थिए ।

प्रतिक्रिया

2
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै