
नेपाली सेनाले युनिटी जर्नलका लागि लेख रचना पठाउन आग्रह गरेको छ ।
सेनाले हरेक वर्ष महाशिवरात्री तथा सेना दिवसको उपलक्ष्यमा खुला सामरिक लेख– रचना प्रतियोगिता सञ्चालन गरी युनिटी जर्नल प्रकाशन गर्दै आएको छ ।
आगामी महाशिवरात्री तथा सेना दिवसमा खुला सामरिक लेख–रचना प्रतियोगिता–२०७९ सञ्चालन गरी युनिटी जर्नल (चौँथो संस्करण) प्रकाशन गर्न लागिएको हो ।
उक्त प्रतियोगितामा सहभागी हुन ईच्छुकलाई लेख रचना पठाउन सेनाले आग्रह गरेको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit