Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

ब्याजदर बढाउन माग गर्दै सहकारी महासंघको विरोध प्रदर्शन

ब्याजदर बढाउनु पर्ने माग राख्दै सहकारी सञ्चालकहरुले आन्दोलन गरेका छन् ।

 

 

मंगलबार सहकारी विभाग अगाडि बचत तथा ऋण केन्द्रिय सहकारी महासंघसँग आबद्ध सहकारी सञ्चालकहरुले बैंक तथा वित्तीय संस्थाहरु जस्तै ब्याजदर बढाउन पाउनुपर्ने माग गदै आन्दोलन गरेका हुन् । ब्याजदर निर्धारण समितिको बैठकमा ब्याजदर बढाउन दबाब स्वरुप सहकारी विभागलाई ध्यानाकर्षण गराउनको लागि आन्दोलन गरिएको बचत तथा ऋण केन्द्रीय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । 

 

 

उनले पछिल्लो समय सहकारीहरुमा समेत चरम तरलता अभाव भएकाले तरलता सहज बनाउनको लागि ब्याजदर बढाउन पाउनु पर्ने महासंघको माग रहेको स्पष्ट पारे । कर्मसियल बैंकहरुले अस्वभाविक रुपमा ब्याजदर वृद्धि गर्नाले सहकारीहरुमा असर परेको ढकालले बताए । 

 

 

उनले बैंकहरुको ब्याजदर घटाउनु प¥यो कित विगतमा जस्तै सहकारी आफैलाई स्वविवेकले चल्न दिनु पर्ने जिकिर गरे । वरिष्ठ उपाध्यक्ष ढकालले बैंकहरुका आफ्ना सदस्य छैनन् तर सहकारीका आफ्नै सदस्य रहेको बताए । उनले सरकारले विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तेस्रो पिल्लरलाई सम्मान गर्नुपर्ने बताए ।

 

 

‘ब्याजदरको विषयमा एक किसिमले सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी बचत तथा ऋण सहकारी संघका साथीहरु उपस्थित भएका छौँ । पछिल्लो पटक वित्तीय तरलता सहकारीमा पनि प्रचुरमा देखियो । यति ठूलो कोरोना महामारी, भुकम्प देख्नु भयो यस्तो बेलामा सहकारी संस्थाहरुले आफ्ना सदस्यहरुको सेवाको लागि काम गरिहेको परिस्थितिमा जुन विषय सहकारीसँग सम्बन्धित छदै छैन । त्यसलाई अस्वाभाविक प्रक्रियाले सहकारी भित्र पनि तरलता देखियो । जसको प्रत्येक्ष प्रभाव कर्मसियल बैंकहरुसँगको अस्वभाविक ब्याजदर वृद्धि गर्न जो–जो सहभागी हुनुहुन्छ । उहाँहरु दोषी हो भन्ने लाग्छ । त्यसका लागि बैंकहरुको ब्याजदर घटाउनु प-यो’ उनले भने ।

 

 

‘हिजोकोे जसरी सहकारी संस्थाहरुलाई आफ्नो स्वविवेकले आफ्ना संस्थालाई आफैले सुशासनमा राखेर सेवा दिन व्यवस्था दिनुप-यो । होइन भने एउटा वित्तीय संस्था जो कर्मसियल बैंकहरु भन्छौंँ । जो आफ्ना ग्राहकसँग काम गर्दछन आफ्ना सदस्य पनि होइनन् । जसको मुनाफा शेयर होल्डसँग प्रत्येक्ष प्रभाव परेको हुन्छ । जबकी हामी सहकारी संस्थाहरु जो सदस्य केन्द्रित काम गछौँ । हाम्रो स्वर्स भनेका सदस्य हुन । सदस्य मार्फत संकलन भएको पुँजी बैंकहरुले आफ्नो अनकुता अनुसार ब्याज वृद्धि गर्न पाउने बैंकर्स एशोसिएशन मार्फत समेटिने तर हामी संविधानले अर्थतन्त्रको तेस्रो पिल्लर भनेर राखेको सहकारी क्षेत्र अरुको घेराबन्दीमा पर्नुपर्ने । अरुको कारणले यस्तो प्रेसरको काममा उत्रन बाध्य हुनु पर्ने अवस्था फेरी पनि नदोहोरीउन’ उनले भने ।

 

 

‘सरकारले अथवा सम्बन्धित निकायको ध्यानाकर्षण गराउने गरी उपस्थित भएका छौँ । आज १ बजे ब्याजदरको समितिको बैंठक बस्दै छ । विगतमा जस्तै सहकारीलाई स्वतन्त्र रुपमा चल्ने वातावरण दिने र अर्थतन्त्रको तस्रो पिल्लरलाई सम्मान र प्रमाणित गर्ने गरी साथीहरुको एकतावद्ध सहितको ध्यानाकर्षण हो । हामीले हाम्रो सदस्यबाट बचत संकलन गरेर सदस्यको लागि काम गरेका छौँ । त्यसमा हाम्रो माग पुरा हुन्न भन्ने कुरा हुन्छ र जसले गरेको हो त्यसको निकास दिनुप-यो । सहकारीको क्षेत्रमा झण्डै ८० हजार यो क्षेत्रमा काम गर्ने प्रत्यक्ष रोजगारीका साथीहरु छन । सहकारीका प्रत्यक्ष १० लाख सदस्य रहेका छन। समग्र गरेर ६६ लाख सहभागिता रहेको क्षेत्र छ । उहाँको माग सम्बोधन नगरेर नागरिकका नियमित कुरालाई पनि अपमान गर्ने काम गर्नु जाहेज हुँदैन’ उनले भने ।

 

 

उनले सहकारीहरुले आफ्ना सदस्यहरुबाट बचत संकलन गरेर १० लाख सदस्यहरुलाई सेवा दिइरहेको बताए । उनले सहकारीको क्षेत्रमा प्रत्यक्ष रुपमा ८० हजार बढीलाई रोजगारी दिइरहेकाले महासंघको माग तत्काल सम्बोधन हुनु पर्ने बताए ।

प्रतिक्रिया

76
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै