Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

उड्डयन क्षेत्रमा ७४ वर्षपछि बनेको इतिहास

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि नेपालमा अर्को अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै अब नेपालका दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुनेछ । 

 

बिहीबार नेपालको इतिहासमा पहिलोपटक काठमाडौंबाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण भएको हो । काठमाडौंपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडी विमान अवतरण भएसँगै यसलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको डेमोस्टे«सन फ्लाइट नाम दिइएको छ । 

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको वाइडबडीको पहिलो उडानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसहित २६० जना लिएर नेवानिको वाइडबडी जहाजले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेको थियो । यो उडानको सफल अवतरणसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा विमानस्थल योग्य भएको प्रमाणित भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले   बिहीबार नेपालको इतिहासमा पहिलो पटक काठमाडौं बाहेक अन्य कुनै भूमिमा वाइडबडी जहाज अवतरण गरेको पहिलो घटना भएको बताए । 

 

‘गौतमबुद्धको जन्मदिन बुद्ध पूर्णिमा जेठ २ गते मे १६ देखि विमानस्थलबाट व्यवसायी उडान सञ्चालन हुने छ । उक्त दिन यो विमानस्थलको औपचारिक रुपमा उद्घाटन हुनेछ,’ उनले भने ।

 

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्राफिक जाम भएको खण्डमा भने अहिले पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न सक्नेछ । 
यस्तै, महानिर्देशक अधिकारीले जनतालाई दुख दिएर आन्तरिक उडानका वायुसेवा कम्पनीले कमाएको पैसा सह्य नहुने चेतावनी दिएका छन् । उनले आन्तरिक उडानका वायुसेवा कम्पनीले रात्रिकालीन उडानको योजना कार्यान्वयन नगर्ने बताएसँगै यस्तो चेतावनी दिएका हुन् । 

 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी

 

 

अहिले बच्चा, बिरामी, सुत्केरी घण्टौं घण्टा विमानस्थलमा बस्नुपर्दा जनतालाई मार परेकाले घण्टौं विमानस्थलमा बस्नु पर्ने समस्या समाधानको लागि आन्तरिक विमानस्थलहरु १८ घण्टा र अन्तर्राष्ट्रिय विमानस्थहरु २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरिसकेको स्पष्ट पारे ।

 

उनले तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडानमा देखिएको ट्राफिक जाम समाधान गर्न जेठ २ गतेदेखि २४ घण्टा सञ्चालनमा ल्याउन लागिएको बताए । 

 

वायुसेवा सञ्चालक संघले शुक्रबारदेखि राति ८ बजेपछिका कुनै पनि उडान गर्न नसक्ने भन्दै बिहीबार एक विज्ञप्ति जारी गरेको थियो । नागरिक उड्डयन प्राधिरकणले शुक्रबार देखि नै राति ८ बजेपछि आन्तरिक हवाई उडानको तालिका राखेमा सबै आन्तरिक उडान सेवा बन्द गर्ने संघको चेतावनी समेत दिएको थियो । 

 

प्राधिकरणले बुधबार नियमित उडान गरिरहेका आन्तरिक उडानका वायुसेवा कम्पनीहरुलाई पत्र लेखेर नयाँ उडान तालिकाबारे जानकारी गराएको थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै