Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

गण्डकी प्रदेश मुख्यमन्त्री र बेलायती राजदूतबीच भेटवार्ता

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र बेलायती राजदूत निकोला पोलिट

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच सोमबार भेटवार्ता भएको छ ।

 

 

मुख्यमन्त्री कार्यालयमा भएको भेटमा मुख्यमन्त्री पोखरेलले संयुक्त अधिराज्यले नेपालको विकास र समृद्धिमा निरन्तर गर्दै आएकोे सहयोगको प्रशंसा गरेका छन् । उनले दुई देशबीचको दौत्य सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै गण्डकी प्रदेशमा बेलायत सरकारबाट जलवायु परिवर्तन अनुकूलन, लघु–उद्यम प्रवद्र्धन र आय–आर्जन, स्वास्थ्य, पर्यटन, प्रदेश र स्थानीय तहको सुशासन र क्षमता विकासजस्ता महत्वपूर्ण क्षेत्रमा सहयोग प्राप्त भएको बताएका छन् ।

 

 

नेपाल र बेलायतबीच सन् १८१६ मा दौत्य सम्बन्ध कायम भएको थियो । नेपाली युवा बेलायती सेनामा संलग्न भएर लामो समयदेखि काम गर्ने अवसर पाएको भन्दै मुख्यमन्त्री पोखरेलले उनीहरूको परिवार बेलायतमै बस्दै आएको चर्चा गरेका छन् । जलवायु परिवर्तन अनुकूलन र विपद् व्यवस्थापन, पर्यटन पूर्वाधार विकास र आय–आर्जन एवं ठूला पूर्वाधार निर्माणमा सहयोगजस्ता क्षेत्रमा बेलायतबाट प्रदेश सरकारले थप सहयोगको अपेक्षा गरेको बताएका छन् ।

 

 

उनले प्रदेशलाई आवश्यक कानुनहरूको तर्जुमा र कार्यान्वयन, योजनाबद्ध विकासका लागि प्रथम पञ्चवर्षीय योजना तर्जुमा, दिगो विकास लक्ष्य आधाररेखा प्रतिवेदन तयारी, मध्यमकालीन खर्च संरचना, आयोजना बैंकजस्ता रणनीतिक महत्वका दस्तावेजले प्रदेशको विकासका लागि सरकारको गन्तव्य सुनिश्चित गरेको जानकारी गराएका छन् ।

 

 

बेलायती राजदूत निकोलाले जलवायु परिवर्तन अनुकूलन र पर्यटन प्रवद्र्धनका लागि बेलायत सरकारले सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । पोखराको सुन्दरताबाट प्रभावित भएको भन्दै उनले सोमबार बिहान साइक्लिङबाट आनन्द लिएको अनुभव सुनाएका छन् । नेपालसँगको पुरानो सम्बन्धलाई अझ प्रगाढ र प्रभावकारी बनाउन आफूहरू हरदम तयार रहेको बताउँदै उनले पोखरा र गण्डकी प्रदेशको स्वास्थ्यका क्षेत्रमा बेलायत सरकारले गर्दै आएको सहयोगले निरन्तरता पाउने पनि उल्लेख गरेका छन् ।

 

 

गण्डकी प्रदेश नीति तथा योजना आयोग उपाध्यक्ष डा रघुराज काफ्लेले समृद्ध प्रदेश : सुखी नागरिक निर्माणका लागि हामीले प्रथम पञ्चवर्षीय योजनाका माध्यमबाट बहुआयामिक गरिबी सूचकाङ्क १४ दशमलव दुईबाट सात प्रतिशतमा झार्ने, औसत आर्थिक वृद्धिदर १० दशमलव दुई प्रतिशत पु¥याउने लक्ष्य राखेको जानकारी दिएका छन् । भेटवार्तामा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, प्रमुख सचिव रविलाल पन्थ, सचिवहरू रामप्रसाद आचार्य, मनमाया पङ्गेनीलगायतको उपस्थिति थियो ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

चीन र भारतसँग नेपालको सम्बन्ध देश जस्तै स्वतन्त्र 

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणलाई भारतसँग नजोड्न आग्रह गरेका छन् । 

फाल्गुण १०, २०७८