Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

कश्मीर एकता दिवसमा पाकिस्तान दूतावासको वेबिनार

नेपालस्थित पाकिस्तानी दूतावासले आज कश्मीर एकता दिवसको अवसरमा वेबिनार आयोजना गरेको छ । उक्त अवसरमा पाकिस्तानका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले दिएको सन्देश पढेर सुनाइएको थियो ।

 

राष्ट्रपति आरिफ अल्वीले आफ्नो सन्देशमा आत्मनिर्णयको अधिकारका लागि संघर्ष गर्ने कश्मीरी शहिदप्रति श्रद्धाञ्जली व्यक्त गरे । उनले कश्मीरमा मानवअधिकार उल्लंघनका घटना भइरहेको भन्दै प्रतिबद्धताअनुसार अन्तर्राष्ट्रिय समुदायले आवश्यक कदम चाल्नुपर्ने बताए । पाकिस्तान सधैं कश्मीरका बासिन्दाको पक्षमा रहेको पनि उनले जनाए ।

 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्ताव र कश्मीरी जनताको चाहना अनुसार जम्मु र कश्मीर विवादको न्यायपूर्ण र शान्तिपूर्ण समाधानतर्फ काम गर्न आह्वान गरे ।

 

पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरैशीले आफ्नो सन्देशमा कश्मीरीहरूको न्यायपूर्ण संघर्षको लागि पाकिस्तानको अटल र पूर्ण समर्थन रहेको उल्लेख गरे । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत राजदूत सैयद हैदर शाहले कश्मीरीहरूले आत्मनिर्णयको अधिकार प्रयोग गर्न सकून् भनी संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रस्तावहरूको पूर्ण र चाँडो कार्यान्वयन गर्न आह्वान गरे । 

 

कार्यक्रममा पत्रकार, लेखक र विश्लेषकका साथै मानव अधिकारकर्मीहरु उपस्थित थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै