Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

नबिल बैंकद्वारा सामाजिक उद्यमशीलता कार्यक्रम सुरु

नबिल बैंकले सामाजिक उद्यमशीलताको लागि नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप सुरु गरेको छ । 

 

बैंकले आज त्रिभुवन विश्वविद्यालयमा एक कार्यक्रम गरी त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकाय स्कुल अफ म्यानेजमेन्टसँग  कार्यक्रमको सम्झौता गरेर सरुवात गरेको छ ।  उसले सुरु गरेको सामाजिक उद्यमशीलता कार्यक्रमले समाजमा उद्यमशीलताको माध्यमबाट सामाजिक समस्याको दीर्घकालिन समाधान गर्ने उद्देश्य लिएको बताएको छ । यस कार्यक्रम मार्फत उसले स्थानीय समुदायको सामाजिक उद्यम क्षमता र नेतृत्व विकासको लागि आवश्यक सीप र वित्तिय सहयोग प्रदान गर्ने बताइएको छ । 

 

त्यस्तै यस कार्यक्रम अन्तर्गत सामाजिक उद्यमशीलता प्रमाणपत्र र फेलोशिप कार्यक्रम गरी दुई किसिमका रहेका छन् । जस मध्ये पहिलो चरणमा सातै प्रदेशको एक–एक वटा क्याम्पससँग सम्झौता गर्ने नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले बताएका छन् । कार्यक्रमले सातै प्रदेशलाई समेट्ने गरी प्रत्येक प्रदेश वा विश्वविद्यालयसँग सहकार्य गरी वार्षिक ७०० विद्यार्थीलाई सामाजिक उद्यमी बन्न बैंकको सहयोग हुने पनि बताएका छन् । 

 

नबिल बैंकले यो कार्यक्रम सुरुवात गर्नुको लक्ष्य प्रत्येक एक वर्षमा सात सय नेपाली युवालाई सामाजिक उद्यमको प्रमाण पत्र दिने हो, यसरी हरेक प्रदेशमा एक सय समाजिक उद्यमी उत्पादन गरी प्रमाण पत्र दिएर प्रत्येक वर्षमा ७ सय विद्यार्थी सामाजिक उद्यमी बन्ने अवसर सृजना गर्ने छौं, फेलोसिप कार्यक्रम आवासीय तालिम हो’ उनले भने ।

 

उनले नबिलको एसएसई कार्यक्रमको दुबै कोर्स पुरा गरेको व्यक्ति उद्यमशीताको स्पष्ट सोच विकास गरी नयाँ सामाजिक उद्यमको मोडल गर्दै बैंकबाट ऋण लिएर सामाजिक उद्यम सुरु गर्ने अपेक्षा बैंकको रहेको बताएका छन् । उनले नबिल बैंक स्थापना कालदेखि नयाँ–नयाँ कामको सुरुवात गर्ने बैंक बन्दै गएको पनि बताएका छन् । 

 

‘नबिल बैंक नेपाल बैंकबाट ग्राहकलाई सेवा दिने बैंक, एटिम कार्डबाट कारोबार गरी डिजिटल बैंकिङ सुरु गर्ने बैंक हो, यसरी बैंकिङ क्षेत्रमा जति पनि नयाँ कामको थालनी नबिल बैंकले गरेको छ, त्यसपछि मात्रै अन्य बैंकले सुरुवात गर्दछन्, यो कार्यक्रमको पनि नबिल बैंकले सुरुवात गरेको छ, अन्य बैंकले पनि नबिल बैंकको कार्यक्रम जस्तै सामाजिक उद्यम कार्यक्रम सुरुवात गर्दा सामाजिक क्षेत्रको विकास थप सहयोग पुग्ने छ’ उनले भने ।

 

कार्यक्रमले १८ देखि ५० वर्षभित्रका इच्छुक व्यक्तिलाई उद्यमको सुरुवात गर्न सहयोग गर्न लक्ष्य राखेको छ । यस कार्यक्रममा सहभागी हुन चाहने व्यक्तिले तोकिएको मापदण्ड अनुसार निवेदन दिन सक्नेछन् । तालिम अविधमा खान बस्ने सबै सुविधा उपलब्ध हुने बैंकले बताएको छ । उक्त कार्यक्रम सात प्रदेश मध्ये प्रदेश १ मा महेन्द्र मोरङ आदर्श मल्टिपल क्याम्पस, प्रदेश २ मा विरगन्ज पब्लिक कलेज, बागमती प्रदेशमा काम्पिएन कलेज, गण्डकीमा पोखरा विश्वविद्यालय, कर्णालीमा  सुर्खेत मोडल कलेज र सुदुर पश्चिमाञ्चलको सुदुर पश्चिमाञ्चल एकेडेमीसँग सम्झौता गरेको छ । अब नबिलको सात प्रदेशको यी कलेजमा सामाजिक उद्यमशीता कार्यक्रम पढाइ हुनेछ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै