
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट पारित गराउन अमेरिकाले दबाब नदिएको स्पष्ट पारेका छन् ।
प्रवक्ता महतले एमसीसी सम्झौता संसदबाट पारित गराउन सरकारलाई कुनै पनि प्रकारको दबाब नआएको बताए । सोमबार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले अमेरिकी सरकारले सम्झौताको छिनोफानो गरिदिन भने नेपाल सरकारलाई आग्रह गरेको बताए ।
प्रवक्ता महतले एमसीसी सम्झौताबारे आवश्यक निर्णय लिन नेपाल आफैं सक्षम रहेको दाबी समेत गरे । उनले नेपालको स्वार्थ र हित अनुकूल हुने कुनै पनि प्रकारको प्रस्ताव स्वीकार गर्न नेपाल सरकार तयार रहेको पनि बताए । प्रवक्ता महतले एमसीसी नेपालको हितमा रहेको उल्लेख गर्दै संसदबाट पारित हुने विश्वास व्यक्त गरे ।
‘कसलाई दबाब परेको छ । उहाँहरुले जवाफ दिनुहोला । दवाव कसले महसुस गर्नु भयो । जहाँसम्म नेपाली कांंग्रेस पार्टी र नेपाली कांग्रेस नेतृत्वको सरकारको प्रश्न छ । हामीले यसलाई दवावको रुपमा लिएका छैनौं । यसको छिनोफानो गर्दिनुस् भन्ने अमेरिकी सरकारको भनाई हो । र, हामीले छिनोफानो गर्नुपर्छ । हामी आफैं यो निर्णय गर्न सक्छौं । यो हामी कसैले दवाव दिएर हामीले निर्णय गर्नेरुपमा यसलाई लिएका छैनौं । र, दवाव पनिआएको छैन् यस सम्बन्धलाई लिएर’ उनले भने ।
प्रवक्ता महतले चीनसँग सम्झौता गरिएको विआरआई परियोजना विस्तृत अध्ययन गरेर अघि बढाउने प्रतिबद्धता समेत व्यक्त गरे । सो अवसरमा उनले चीन सरकारले प्रस्ताव गरेको सो परियोजना आफू परराष्ट्रमन्त्री हुँदा स्वीकार गरेको स्मरण पनि गराए ।
‘कुनै पनि कुनै पनि सहमति कुनै पनि मित्र राष्ट्रहरुबाट वा बहुपक्षीय संस्थाहरुबाट हुने सहयोग हामी स्विकार गर्छौं । विआरआई सम्झौंता धेरै अध्ययनपछि, धेरै छलफलपछि धेरै परिमार्जन गरेर मैले नै सही गरेको हो । म आफैं विदेशमन्त्री हुँदा । त्यसो हुनाले त्यो सिद्धान्त र फ्रेमभित्र रहेर आउने विआरआई सहयोगलाई हामी सदैव वेलकम गर्छौ । अव कुन प्रोजक्ट लागू गर्नेभन्ने कुरा नेपालकै हो । बिआरआई पनि यसले दिने आर्थिक प्रतिफललगायतको विस्तृत अध्ययन गरेर अघि बढाउनेछौं’ उनले भने ।
प्रवक्ता महतले राष्ट्रको हितमा हुने कुनै पनि प्रकारको सम्झौता स्वीकार गरेर नेपाल सरकार अघि बढ्ने पटकपटक दोहो¥याए ।
в той день коли закінчиться війна коли почалась друга світова війна коли закінчиться війна в україні 2022 передбачення
प्रहरीले ऋणीहरुसँग मिलमतो गरि बैंकलाई करिब साढे सात करोड रुपैयाँ नोक्सानी पुगाएको आरोपमा महालक्ष्मी विकास बैंकका तीनजना शाखा प्रवन्धक सहित तीन ऋणीलाई पक्राउ गरेर अनुसन्धा...
उनले यतिबेला देशमा पङखा चलाएर आँधी ल्याउने कोसिस भएको बताए । उनले राजनीतिक स्थिरता समय सापेक्ष र मौलिक नभई आयातित भएको तर्फ संकेत गरे ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
в той день коли закінчиться війна коли почалась друга світова війна коли закінчиться війна в україні 2022 передбачення