
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन ।
अध्यक्ष ओलीले सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरण प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको बताए । पार्टीको विधान महाधिवेशनमा राजनीतिक प्रतिवदन पेश गर्दै उनले माधव नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापले पनि पार्टी विभाजनमा ठूलो भूमिका खेलेको बताए ।
उनले कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने प्रयास जारी राख्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
‘सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डका सोच र व्यवहारका कारण एकीकरणको प्रक्रिया निष्कर्षमा नपुगी टुंगिएको छ । यसो हुनुमा नवौं महाधिवेशनबाट पारित नीति र नेतृत्वविरुद्ध अन्त्यहीन गुटबन्दीमा संलग्न माधन नेपालको कुण्ठा, निहित स्वार्थ र विभाजनकारी क्रियाकलापको समेत ठूलो भूमिका छ,’ उनले भने ।
अमेरिकी ट्रेजरी डिपार्टमेन्टको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले तयार गरेका गोप्य विवरणहरुले सम्पत्ति शुद्धीकरण र आतंकवादमा भारतीय बैंकहरुबाटै लगानी...
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit