Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

अमेरिकाले दियो विपद् सहयोगी अत्याधुनिक सैनिक सामाग्री 

अमेरिकाले नेपाली सेनालाई बाढी, नदी तथा ताल–तलैयामा फसेकाहरुको उद्दारमा अति उपयोगी १० थान अत्याधुनिक डुङगा सहयोग गरेको छ । 
नेपाली सेनाले वर्षेनी बाढी उद्दारका समय  भोगिरहेको कठिनाईमा ६ थान याफ्ट बोट र चारथान मिस्ट्रल बोट उपयोगी हुने छन् । 


अमेरिकाका सैनिक सहचारी लेफ्टिनेन्ट मट सोभा र रक्षा समन्वय प्रमुख मेजर मिचेल पी ह्वाइटले ती बोटहरु नेपाली सेनाका महासेनानी राजेन्द्र मणि गिरीलाई हस्तानान्तरण गरेका हुन् । गौचरस्थित ब्यारेकमा ती सामाग्री नेपाली सेनालाई प्रदान गरिएको हो । 


नेपाली सेनाले यी सामाग्रीहरु बाढी तथा डुवान जस्ता जलउत्पन्न विपद्का समय उद्दार तथा राहत कार्यमा बहुउपयोगी हुने जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

एउटा नेकपाको विवाद उत्कर्षमा, अर्को सैन्य तालिम गराउदैं

नेपाल कम्युनिष्ट पार्टीको विवाद यतिबेला उत्कर्षमा छ । सत्तारुढ नेकपाका दुई अध्यक्षबिचको गुटबन्दीले पार्टी र सरकारको भविष्य नै अन्यौलमा छ । तर यही मौकामा नेत्रविक्रम चन्द...

कार्तिक २६, २०७७