
प्रधानसेनापति प्रभुराम शर्मा र युरोपेली संघ प्रतिनिधिमण्डलका राजदूत नोना डिप्रेजबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।
प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।
यस किसिमको भेटवार्ताले आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit