
लुम्बिनीमा पाँच हजार क्षमताको सभाहल तथा ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
लुम्बिनी विकास कोषकाले आगामी जेठ २ मा हुने २५६६ औँ बुद्धजयन्ती अवसरमा सभाहल र ध्यान केन्द्र उद्घाटन गर्नेगरी काम अगाडि बढाइएको बताएको छ । कोषका योजना प्रमुख सरोज भट्टाराईको अनुसार सम्मेलन केन्द्रमा ल्यान्ड स्केपिङ र बाउन्ड्री वाललगायत सौन्दर्यीकरण मात्र बाँकी रहेको छ । त्यस्तै, उनले झ्याल–ढोका लगाउने काम पनि जारी रहेको बताएका छन् । उनले पहिलो चरणको कामका लागि ३३ करोड रुपैयाँ खर्च भएको छ भने दोस्रो चरणको संरचना निर्माण हुनेगरी काम द्रुतगतिमा अगाडि बढाइएको पनि बताएका छन् ।
लुम्बिनीमा आयोजना गरिने ठूला सभा–समारोह र ध्यान केन्द्रका लागि भवन प्रयोग गरिने छ । २०७५ वैशाख १७ मा २५६२औँ बुद्ध जयन्तीका दिन प्रधानमन्त्रीलगायतको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्र शिलान्यास गरेकी थिइन् । २०७७ असारभित्रै सम्पन्न गर्ने लक्ष्यसहित अर्घाखाँची–बाबुल जेभी कन्स्ट्रक्सन सिद्धार्थनगरले निर्माणको जिम्मा लिएको थियो ।
निर्धारित समयमा निर्माण कार्य पूरा नभएपछि पहिलो पटकका लागि २०७७ असोजसम्मको समय थप गरिएको थियो । सो अवधिमा कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएकोले पुनः २०७९ असार मसान्तसम्म म्याद थपिएर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सम्झौताको दुई वर्ष ढिलो गरी निर्माण सम्पन्न हुन लागेको योजना प्रमुख भट्टराईले बताए ।
सम्मेलन केन्द्रको भवनमात्रै निर्माण गर्ने सुरुको योजना रहेकामा पछि विभिन्न संरचना थप गरिएको थियो । पहिलो चरणमा निर्माण थालिएको पाँच हजार मानिस अट्ने सम्मेलन तथा ध्यान केन्द्रको निर्माण सकिएको योजना प्रमुख इन्जिनियर भट्टराईले बताए । २०७७ पुसमा सम्झौता गरिएको दोस्रो चरणको काम भने आगामी असारसम्म पूरा हुने भट्टराईको भनाइ छ ।
कुल ७० करोड लागत अनुमान गरिएको चार बिघा क्षेत्रफलमा निर्माण भइरहेको सभाहल तथा ध्यान केन्द्रको पहिलो चरणको कामका लागि ३३ करोड रुपैयाँ खर्च भएको छ । २७ करोड रुपैयाँ बराबरको संरचना र सौन्दर्यीकरणको काम जारी छ । योजना प्रमुख भट्टराईका अनुसार दोस्रो चरणको काम करिब ५० प्रतिशतभन्दा बढी सकिएको छ ।
२०७३ जेठ ८ मा २५६०औँ बुद्ध जयन्ती मनाइरहँदा हावाहुरी र वर्षाले बिथोलिएपछि सभाहलको अवधारणा ल्याइएको थियो । स्थायी संरचना अभावमा राखिएको अस्थायी संरचना, स्ट्रेज र सोफाहरू पानीले भिजाएको थियो । त्यसको दुई वर्षपछि सम्मेलन केन्द्र तथा ध्यान केन्द्र शिलान्यास गरिएको थियो । दुई वर्षभित्रै सभागृह निर्माण गर्ने भनिए पनि परामर्शदाता छनोट, डिजाइन, लागत अनुमान र ठेक्काप्रक्रिया पूरा गर्दा नै दुई वर्ष बितेको थियो ।
तीन सय ८६ दशमलव ८८ वर्गमिटरमा रहेको सम्मेलन केन्द्रको डिजाइन दक्षिण एसियामै नमुना भएको कोषको दाबी छ । सम्मेलन केन्द्रमा आवश्यकताअनुसार अटोमेटिक पार्टेसन गर्न सकिने प्रविधि जडान हुने बताइएको छ । पहिलो चरणमा सम्मेलन केन्द्र भवन, दुई शौचालय र कन्ट्रोल रुम बनाइएको छ । सम्मेलन केन्द्र तथा ध्यान केन्द्रमा मौसमअनुसार छ देखि आठ डिग्रीसम्म तापक्रम तल–माथि हुनसक्ने इपिसएस प्यानल प्रयोग गरेर छानो लगाइएको छ । लुम्बिनी अत्यन्त गर्मी हुने तराई क्षेत्रको स्थल भएकाले तापक्रम तल–माथि गर्न मिल्नेगरी प्यानल प्रयोग गरिएको कोषले जनाएको छ ।
निर्माण कार्यको ठेक्का सम्झौता असार मसान्तसम्मको रहेपनि आगामी बुद्धजयन्तीमा प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेगरी काम भइरहेको लुम्बिनी विकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीले जानकारी दिए ।
जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले बनाएको लुम्बिनी विकास गुरुयोजनामा सम्मेलन केन्द्र नसमेटिएको भएपनि यसलाई गुरुयोजनासँग मेल खानेगरी निर्माण गरिएको कोषका उपाध्यक्ष अवधेश त्रिपाठीको भनाइ छ ।
order cialis 20mg online cheap - buy cialis 40mg online cialis discount
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit
order cialis 20mg online cheap - buy cialis 40mg online cialis discount