Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेप्से परिसूचक १५.८२ अंकले घट्यो

पहिलोपटक शुक्रबार खुलेको नेप्से परिसूचकमा गिरावट भएको छ । 

 


शुक्रबार नेप्से परिसूचक १५.८२ अंक घटेर २२३५.०९ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले गिरावट आएको छ ।

 

 

शुक्रबार कारोबारमा आएका २२३ कम्पनीको  २५ लाख १७ हजार कित्ता शेयर ९२ करोड ९४ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बिहीबारको तुलनामा कारोबार रकम र अंक दुवैमा गिरावट आएको छ ।

 

 

नेप्सेका १३ उपसमूहमध्ये म्युचुअल फण्ड उपसमूहको परिसूचकबाहेक सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ ।  जसमा अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ भने जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

 

 

शुक्रबार कारोबारमा आएका १० कम्पनीको शेयरमूल्य उच्च अंकले बढेको छ । जसमा  सामुदायिक लघुवित्त वित्तीय श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि २ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, तेह्रथुम पावर कम्पनीको शेयरमूल्य सर्वाधिक ४.९४ प्रतिशत घटेको छ । त्यसैगरी, प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ४ प्रतिशत घटेको छ ।

 

 

कारोबार रकमका आधारमा ३ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । हिमालयन डिष्टिलरीको करिब ३ करोडको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै