Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

सरकारले निजी क्षेत्रको समस्या समाधानमा चासो देखाएको छैन : शेखर गोल्छा 

फाइल तस्बिर

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले निजी क्षेत्रको समस्या समाधान गर्न तदारुकता नदेखाएको आरोप लगाएका छन् ।

 

 

सोमबार वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीहरुदाई स्वागत गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सबै नेताहरुले नीजि क्षेत्रको सहभागिता विना देश समृद्ध नहुने बताए पनि समस्या समाधान गर्न भने तदारुकता नदेखाएको आरोप लगाएका छन् । उनले महासंघले तयार परेको भिजन पेपरमा नीजि क्षेत्रसँग सम्बन्धित एक सय वटा समस्याहरु पहिचान भएको बताउदैँ ती समस्या समाधान भए मुलुक भित्र लगानीको वातावराण बन्ने पनि दाबी पनि गरेका छन् । उनले भिजन पेपरमा पहिचान भएका समस्या मध्ये आफ्नो कार्यकालमा ४४ वटा समस्या समाधान गर्ने गरी का अगाडी बढाएको बताएका छन् । उनले ४४ वटा समस्या मध्ये १४ वटा कानुनसँग सम्बन्धित रहेको बताएका छन् ।

 

 

उनले हाल बैंक तथा वित्तिय संस्थामा देखिएको तरलता अभाव कारण लयमा फर्किन थालेको अर्थतन्त्र पूनः सुस्ताउदै गएकोले चिन्ता बढेको बताएका छन् । अहिले देखिएको तरलता अभाव हटाउन सरोकारवाला सबैसँग छलफल अगाडि बढाइएको समेत जानकारी दिएका छन् । यस्तै, उनले कोरानाको कारण थला परेको व्यापार, मनोरञ्जन, पर्यटन, साना तथा मझौला उद्योगलाई कसरी सहजीकरण गर्ने भन्ने बारे अर्थ मन्त्रालयलाई आग्रह गरिएको समेत बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै