
साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ । गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।
कारोबार शुरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको दोस्रो घण्टामा नेप्से परिसुचक ३१०० दशमलव ३७ बिन्दुमा झरेको थियो भने मध्यान्हमा ३०८६ दशमलव ४८ बिन्दुमा पुगेको थियो । तेस्रो घण्टामा नेप्से परिसुचक ३०६५ दशमलव ६५ बिन्दुमा आरोलो लागेको थियो ।
साताको पहिलो दिन ३०५२=२८ बन्दुमा निरन्तर ओरालो लागेर कारोबार बन्द भएको छ ।
आजको सेयर कारोबारमा गिरावट आउदा नयाँ रेकर्ड समेत बनेको छ । आइतवारको प्रि ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव ६९ अंकले बढेको हो । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज १७ दशमलव ६०अङ्कले बढेर तीन हजार ९४ दशमलव ०५ विन्दुमा पुगेको थियो ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४० विन्दुले बढेर ५७१ दशमलव ३९ मा पुगेको थियो । साताको सुरुवाती पहिलो दिनमा नेप्से ३०९९ दशमलव ९२ बिन्दुमा पुगेको हो । आज भएको कारोबारमा भएका १३ उपसमुह मध्ये १२ उपसमुहको शेयर ओरोलो लागेको छ भने १ उपसमुह फाइनान्सको शेयर बढेको हो ।
यस्तै बैकिङ ३० दशमलव ०५, ट्रेडिङ ६२ दशमलव १६ , होटल तथा पर्यटन ३१ दशमलव ७१ , बिकाश बैँक ५३ दशमलव १९ , हाईड्रो पावर ८९ दशमलव २६ , नन लाईफ ईन्स्यारेन्स २५३ दशमलव ०७ , उत्पादन ३८ दशमलव ४८ माईक्रो फाइनान्स ११५ दशमलव २ , लाईफ इन्स्योरेन्स ३०४ दशमलव २,म्युचल फन्ड ० दशमलव ०६, ईन्भेष्टमेन्ट १ दशमलव ९३ तथा अन्य ३६ दशमलव ६२ बिन्दुले ओरालो लागेको छ ।
तर फाइनान्स उपसमूहको शेयर कारोबार २१ दशमलव ८८ ले सेयर बढेको छ ।
आज कुल २ सय २७ कम्पनीको २४,८८८,३१३ किता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५मा खरिद बिक्री भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit