
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो पार्टीलाई कसैको बैशाखी लिएर अघि बढ्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।
पार्टीले आगामी स्थानीय निर्वाचनमा सत्तारुढ अन्य दलहरुसँग गठबन्धन गरेर निर्वाचनमा जाने निर्णय गरेकोप्रति इंकित गर्दै उनले यस्तो बताएका हुन् ।
बुधवार नेपाल विद्यार्थी संघ उपत्यकाका क्याम्पस इकाइहरुको संयुक्त आयोजनामा काठमाडौंमा आयोजित स्थानीय निर्वाचनमा नेविसंघको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा बोल्दै नेता
कोइरालाले कांग्रेस एक्लै निर्वाचनमा गए पनि गन्तव्यमा पुग्ने बताए ।
कोइरालाले कांग्रेसको केन्द्रीय समितिको बैठकको निर्णय विपरीत गठबन्धनका शीर्ष नेताको बैठक बसेर जिल्लामा निर्णय पठाइएको बताए ।
उनले ३६ लाख नयाँ मतदाता थपिएको उल्लेख गर्दै नयाँ मतदातालाई कांग्रेस बनाउन नसके कांग्रेस कमजोर हुने बताए । कांग्रेसका कार्यकर्ताले अर्को पार्टीमा स्वस्तिक चिन्ह लगाउनुपर्ने अवस्था आएको भन्दै उनले यसको लेखाजोखा निर्वाचन पछि गर्ने पनि बताए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit