
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् ।
प्रधानमन्त्री देउवा नेपाल एयरलाईन्सको विमानबाट आईतबार साँझ स्वदेश फर्किए । उनलाई कार्यबहाक प्रधानमन्त्री बालकृष्ण खाण, सभामुख अग्नीप्रसाद सापकोटासहित नेपाल सरकार उच्च पदस्थ कर्मचारीहरुले विमानस्थलमा स्वागत गरेका थिए । त्यस अवसर नेपाली सेनाले उालाई सलामी अर्पण गरेको थियो ।
गत शुक्रबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा गएका थिए । भ्रमणका क्रममा उनले भारतीय समकक्षी नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकरलगायतसँग द्धिपक्षीय हितका विविध विषयमा छलफल गरेका थिए ।
भारत भ्रमणकाक्रममा प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीले जनकुपुर–जयनगर रेल सेवाको भर्चुअल्ली उद्घाटन गरेका थिए ।
प्रधानमन्त्री देउवासहित भ्रमण दलले आइतबार बिहान धार्मिक नगरी बनारसको समेत भ्रमण गरेको थियो ।
उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । त्यसपछि प्रधानमन्त्री देउवाले बनारसको प्रसिद्ध काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका थिए ।
प्रधानमन्त्री देउवाको भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुसाल, कृषिमन्त्री महिन्द्र राय यादव, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत सहभागी थिए ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit