Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी इमरान खानद्वारा बधाई

प्रधानमन्त्री शेरबहादुर देउवालाई पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन् ।

 

प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेपछि सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री खानले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन् ।     

 

पाकिस्तान र नेपालबीचको मैत्रीपूर्ण सम्बन्ध अझै प्रगाढ हुने प्रधानमन्त्री खानले विश्वास व्यक्त गरेका छन् ।

 

यस्तै, द्विपक्षीय हितका मुद्दामा नेपालसँग मिलेर काम जारी राख्ने उनले बताएका छन् ।   
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै