
सरकारले पछिल्लो समय श्रीलंका र पाकिस्तानमा विकसित घटनाक्रमलाई नियालिरहेको बताएको छ ।
बुधबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलनमार्फत यस्तो बताएको हो ।
मन्त्रालयका प्रवक्ता सेवा लम्सालले श्रीलंका र पाकिस्तानका घटनाबट नेपालले पाठ सिकेर अघि बढ्ने बताइन् ।
उनले नेपाल र पाकिस्तान दुवै देश दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) शिखर सम्मेलन छिटो गर्ने पक्षमा रहेको पनि बताएकी छिन् ।
पछिल्लो समय श्रीलंका चरम आर्थिक संकटको सामना गरिरहेको छ भने पाकिस्तानमा राजनीतिक संकट उत्पन्न भएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit