Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

३७.२७ अंकले घट्यो नेप्से परिसूचक 

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको गिरावट आएको छ । 

 


पछिल्लो दुई साता देखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक ३७.२७ अंकले घटेर १९३४.११ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ७.२९  अंक घटेको छ भने फ्लोट इण्डेक्स २.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५२ अंकले घटेको छ ।

 


आईतवार कारोबारमा आएका २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर १ अर्ब १३ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका १३ वटै उपसमूह राताम्मे भएको छ । जसमा सबै भन्दा धेरै हाइड्रोपावर उपसमूहको सूचक ३.८५ प्रतिशतले घटेको छ ।

 

 

यस्तै, फाइनान्स उपसमूहको सूचक ३.५९ प्रतिशत र म्युचुअल फण्ड उपसमूहको सूचक पनि ३.१० प्रतिशतले घटेको छ । उत्पादन तथा प्रशोधन उपसमूहको सूचक भने सबैभन्दा कम ०.६८ प्रतिशतले घटेको छ ।

 


आइतबार कारोबारमा आँधीखोला लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्त, प्रभु लाइफ इन्स्योरेन्स र सिवाईसी नेपालको शेयर मूल्य पनि ४ प्रतिशतले बढेको छ । तर यता, रिभर फल्स पावर कम्पनीको शेयरमूल्य भने नकारात्मक सर्किट लभेलमा कारोबार भएको छ । 

 


कारोबार रकमको आधारमा नेपाल टेलिकम १० करोड २८ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर शीर्ष स्थानमा रहेको छ । एनसीसी बैंक र नविल बैंकको ४ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै