
काठमाडौं महानगरपालिका–६ को पुरानो अरब बैंकभित्र रहेको तिब्बतीयन शरणार्थी क्याम्पमा शनिबार भएको निर्वाचनमा फुर्बु टाँसी विजयी भएका छन् ।
टाँसी ८०४ मत प्राप्त गरी बौद्ध क्याम्प प्रमुखमा विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी काल्साङ लामाले ६५३ मत प्राप्त गरे । सेटलमेन्ट अफिस, पुरानो कार्पेट (डेक्की खान्सार) र गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको तिब्बतीयन खम्पा क्याम्पमा निर्वाचन भएको हो । करिब दुई हजार एक सय मतदाता रहेकोमा १ हजार ४ सय ९७ मत खसेको तिब्बतीयन शरणार्थी स्रोतले बताएको छ ।
सेटेलमेन्ट अफिस बौद्धमा ९४० मत, पुरानो कार्पेट बौद्ध (डेक्की खन्सार)मा ४१० मत र खम्पा क्याम्प जोरपाटीमा १४७ मत गरी कुल १ हजार ४ सय ९७ मत खसेको थियो । ४० मत बदर भएको थियो ।
टाँसीले सोमबार तिब्बतीयन शरणार्थी वेलफेयर अफिस लाजिम्पाटको गार्डेन खान्सारमा पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम छ । प्रहरीको उपस्थितिमा तिब्बतियन शरणार्थीको स्थानीय तहको निर्वाचन भएको बताइएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit