Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

संखुवासभामा करेन्ट लागेर इन्जिनियर ठाकुरको मृत्यु

सभापोखरी गाउँपालिका–३ बाह्रबिसेस्थितमा निर्माणाधीन स्वास्थ्य चौकी भवनमा निरीक्षण गर्ने क्रममा करेन्ट लागेर ललितपुर गोदावरी बस्ने सप्तरी घर भएका सिभिल इन्जिनियर २८ वर्षीय अनिल ठाकुरको बिहीबार दिउँसो मृत्यु भएको छ ।  

 

उक्त निर्माणाधीन भवनको गाह्रोमा चढी निरीक्षण गर्ने क्रममा बिद्युत प्रसारण लाइनको तारमा पर्न गई करेन्ट लागेर बेहोस भएका उनको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा मृत्यु भएको छ । 

 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै