Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

सर्बोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर : खेलकुदमन्त्री

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले सर्वोच्च अदालतको आदेशले खेलकुदमा दीर्घकालिन असर गरेको बताएका छन् । 

 

 

नेपाल ओलम्पिक कमिटी एनओसीको साधारण सभाको मंगलबार उद्घाटन गर्दै गहतराजले अदालतबाट अल्पकालिन आदेश आएपछि खेलकुदमा दीर्घकालिन असर गरेको औल्याएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको विषयमा सर्वोच्च अदालतको आदेशले खेलकुदमा दुर्भाग्यपूर्ण अवस्थामा पुगेको बताएका हुन् ।

 

 

उनले अहिलेको खेलकुदको विषय कुनै व्यक्तिसँगको नभई देशको समग्रह खेल क्षेत्रको विसकासँग जोडिएकाले यस विषयलाई अदालतले अग्राधिकारमा राख्दै हेर्नु पर्ने धारणा राखेका छन् । उनले अदालतको निर्णय जसको पक्षमा आए पनि आफुलाई स्वीकार्य रहेको बताएका छन् । यता नेपाल ओलम्पिक कमिटिमा अध्यक्ष जीवनराम श्रेष्ठाले मैदान र खेल संघमा हुनु पर्ने खेलकुदल सर्बाेच्च अदालतमा भइरहेको आरोप लगाएका छन् । 

 

 

सरकारले राखेपका तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेपछि पूर्वसदस्य सचिव रमेश कुमार सिलवाल अदालत पुगेका थिए । सोहि विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै अदालतले मुद्दा हेर्दाहेर्दैमा राखेको छ । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै