Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

नेप्से परिसूचकमा १०.७८ अंकले गिरावट

पछिल्लो समय लगातार रुपमा बढ्दै आएको शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार घटेको छ । 

 

 

दुई साता देखि लगातार उकालो लाग्दै आएको नेप्से परिसूचक मंगलबार १०.७८ अंकले घटेर २ हजार ९३६.६६ विन्दुमा झरेको छ । तर यता सेन्सेटिभ सूचक भने १.१० अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२४ कम्पनीको १ करोड ६० लाख ४ हजार ५३० कित्ता शेयर ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार कारोबार रकम भने सोमबारको  तुलनामा केही बढेको छ । सोमबार ८ अर्ब तलको शेयर कारोबार भएको थियो ।

 

 

आज कारोबारमा आएका १३ उपसमूहरु मध्ये  ४ उपसमूहको सूचक बढेको छ भने बाँकी ७ उपसमूहको सूचकमा गिरावट आएको छ । त्यस्तै मंगलबारको कारोबारमा सामलिङ्ग पावर कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै ९.४९ प्रतिशतले बढेको छ । मध्य भोटेकोशी जलविद्युतको ८.११ प्रतिशत, बुद्धभुमि हाइड्रोपावरको ६.०८ प्रतिशत, प्रभु बैंकको ५.५६ प्रतिशत र बरुण हाइड्रोपावरको ४.६६ प्रतिशतले बढेको छ । तर, यता मानुषी लघुवित्तको शेयरमूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ४.६२ प्रतिशत र सिन्धु विकास बैंकको ४.२१ प्रतिशतले घटेको छ ।

 

 

मंगलबारको  कारोबारमा २८ करोड ११ लाख रुपैयाँको शेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ । त्यस्तै अरुण भ्याली हाइड्रोपावरको २८ करोड ७१ लाख, नेपाल दुरसञ्चार कम्पनीको २५ करोड १९ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

1
  • Coghzq

    फाल्गुण २, २०७८

    cialis 40mg drug - buy tadalafil pill cialis 5mg tablet

प्रतिकृया थप्नुहोस्
  • Coghzq

    फाल्गुण २, २०७८

    cialis 40mg drug - buy tadalafil pill cialis 5mg tablet

प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै