
उद्योगी तथा व्यवसायीको संस्था नेपाल चेम्बर अफ कमर्सको नयाँ अध्यक्षमा राजेन्द्र मल्ल सर्वसम्मत चुनिएका छन् । तर आधिकारिक घोषणा भने २८ चैतमा मात्रै हुने चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिए ।
मल्ल २०६२ सालदेखि चेम्बर अफ कमर्सको सदस्य छन् । उनी कोषाध्यक्ष, द्वितीय उपाध्यक्ष र वरिष्ठ उपाध्यक्ष भइसकेका छन् । हाल मनाङ एयर, प्रभु इन्स्योरेन्स, मैलुङ खोला हाइड्रोपावर, भुक्तपुरको इँटा टायल र कान्तिपुर इन्जिनियरिङ कलेजमा लगानी गरेका उनका जरसिंहपौवास्थित तिरौला रिसोर्ट र ठमेलको ठमेल ट्रेड सेन्टर निर्माणाधीन प्रोजेक्ट हुन् ।
नयाँ कार्यसमितिका लागि हालसम्म वाणिज्य, जिल्ला, उद्योग, वस्तुगत, द्विराष्ट्रिय, आवद्ध र नगरबाट ५५ जना कार्यकारी सदस्य सर्वसम्मत भइसकेका छन् । त्यसबाहेक ७ जना प्रदेशबाट र न्यूनतम एक महिलासहित ३ जना मनोनित गरी ६५ जनाको नयाँ कार्यसमिति चयन हुनेछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit