
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले पछिल्लो समय अत्याधिक रुपमा आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताएका छन् ।
बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले आयात बढ्नुमा निजी क्षेत्र नभएर सरकारी नीति दोषी रहेको बताएका हुन् । उनले सरकार विगतदेखि राजस्वमुखी भएकाले राज्य राजस्वमुखी भएर हिडुन्जेलसम्म आर्थिक अवस्थामा निरन्तर दबाब परिरहने बताए ।
गोल्छाले निजी क्षेत्रले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग कहिल्यै तुलना नगरेको बताए । मुलुकको अहिलेको आर्थिक अवस्थालाई श्रीलंकासँग तुलना गर्नु नै गलत भएको उनको बुझाइ छ । गोल्छाले नेपालको वर्तमान अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्नाले छविसमेत बिग्रिएको बताए ।
त्यस्तै, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवम् अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपालमा पनि अर्थतन्त्र बिगार्ने शासकीय स्वरुप देखिन थालेको बताए । श्रीलंकामा शासकले हचुवाको भरमा निर्णय गर्दा मुलुकको अर्थतन्त्रमा समस्या
बढेको भन्दै वाग्लले नेपालमा पनि त्यस्तै प्रवृत्ति हाबी हुने गरेको उल्लेख गरे । वाग्लेले श्रीलंकामा जथाभावी रूपमा कर चलाउँदा समस्या भएको बताउँदै कर नीति चलाउँदा सजग हुनुपर्ने बताए ।
त्यस्तै, नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले पोहोरबाटै चालु आर्थिक वर्षको अन्त्यसम्ममा राष्ट्र बैंकको १९ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य पनि पूरा हुन नसक्ने बताए । उनले पछिल्लो तथ्यांक विश्लेषण गर्दा चालु आर्थिक वर्षभर तरलता सहज नहुने देखिएका बताए ।
त्यस्तै, नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले मुलुकमा देखिएको अर्थतन्त्रको अहिलको अवस्था नयाँ नभएको बताए । अहिलेको अवस्थालाई सरकारले अवसरको रूपमा लिनुपर्ने उनको भनाइ छ अहिले अर्थतन्त्रमा संकट आएरको नभएर समस्या भएको अध्यक्ष अग्रवालको भनाइ छ ।
अर्थतन्त्रमा देखिने यस्ता समस्यालाई हामीले अवसर बनाउन सकिए आगामी दिनमा यस्ता समस्या नदोहोरिने उनले बताए । अहिलेको अर्थतन्त्रको समस्या समाधानको लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउनुपर्नेमा उनले जोड दिए ।
कारोवारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु. ८६ करोड ३६ लाख ८२ हजार ७७५ बराबरको कारोबार भयो ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit