Saturday, 28 June 2025 | २०८२ असार १४, शनिवार

सामान किन्न आएकी बालिकाका हत्यारालाई परिवारले प्रहरीको जिम्मा लगायो 

बालिकाको शव भेटिएको स्थानमा प्रहरी टोली ।

आफ्नै पसलमा सामान किन्न आएकी बालिकालाई हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । 

बर्दिबास नगरपालिका–१४ सुगम बस्ती बस्ने सादिम अलामकी ६ वर्षीया छोरी गुलाप्सा खातुनको हत्या गरेको अभियोगमा सोही ठाउँ पसल गरी बस्ने गौशाला नगरपालिका–५ जिरो माईल घर भएका २६ वर्षीय अरुण कुमार साहलाई गएराति प्रहरीले पक्राउ गरेको हो।

आफ्नै घर अगाडि खेलिरहेको अवस्थामा आइतबार साँझ बालिका हराएको जाहेरी बाबुले  ईलाका प्रहरी कार्यालय बर्दिबासमा दिएका थिए । 


जाहेरी लगत्तै खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले साहले उनको पसलमा सामान किन्न आएकी बालिकालाई पसलको पछाडिको कोठामा लगि तौलियाले घाँटी थिच्दा मृत्यु भएपछि शव आफू सुत्ने कोठामा लगि राखेको र सोमबार साँझ शव बोरामा हाली घर भन्दा अन्दाजी ४० मिटर टाढा बारीमा फालेको खुल्न आएको छ । 


घटना पश्चात अरूणले गौशाला नगरपालिका–५ स्थित घरमा गई घर परिवारलाई घटनाबारे जानकारी गराए पश्चात निजको बुबाले ईलाका प्रहरी कार्यालय गौशालामा पु¥याएपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

घटनाको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयले साहको पसल भएको घर आगजनी गर्नुका साथै बर्दिबास नगरपालिका–१४ स्थित चोकमा सडक अवरोध गरेका छन् ।


घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय बर्दिबास तथा सशस्त्र प्रहरी बलबाट समेत खटिएको प्रहरीले स्थितिलाई नियन्त्रणमा लिने प्रयास तथा घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै

बालयौन दुराचार गरेको आरोपमा बिद्यालयका प्रधानध्यापक पक्राउ

कपिलवस्तुको एउटा निजी बिद्यालयका प्रिन्सिपललाई आफ्नै बिद्यालयकी बालिकालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । 

मङ्सिर १०, २०७७

क्रिकेटका सट्टाबाज जसले ५० लाख ठगे , भारतीय आधार कार्ड सहित पक्राउ

प्रहरीले अनलाइन बेटिङका दुईजना नाईकेलाई पक्राउ गरेको छ । उनीहरुले अनलाइन जुवा खेलाउने र नेपाली जुवाडेलाई सिक्किम देखि श्रीलंकासम्म पुु¥याएर घरबार बिहिनसम्म बनाउने गरेका थ...

मङ्सिर १०, २०७७

यी निष्ठुरी आमा जसले दुई नवजात शिशुको हत्या गरेर फोहरसँगै फालिन

दक्षिण क्यारोलिनाकी एक ३२ वर्षे आमालाई दुई फरक घटनामा आफ्ना नवजात शिशुको हत्या गरेर फोहरको कन्टेनरमा फालेको प्रमाणित भएपछि स्थानिय अदालतले ४० वर्षको जेल सजाय सुनाएको छ । 

मङ्सिर १०, २०७७