
कपिलवस्तुको एउटा निजी बिद्यालयका प्रिन्सिपललाई आफ्नै बिद्यालयकी बालिकालाई यौन दुराचार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बुद्धभूमी नगरपालिका–१० स्थित भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योती बोड्रिङ स्कुलका प्रिन्सिपल यम खानलाई पक्राउ गरेको हो ।
उनले सोही स्कुलमा अध्ययनरत
११ वर्षीय बालिकालाई आफ्नो कार्य कक्षमा लगेर भित्री बस्त्र खोल्न र आफ्नो गोप्य अङ्गमा समाउने गरेका थिए । पीडित बालिकाकी आमाले जाहेरी दिएपछि प्रहरीले खानलाई मंगलबार पक्राउ गरेको हो ।
प्रहरीले खान बिरुद्ध बालयौन दुराचार शिर्षकमा मुद्धा दर्ता गरेको छ । प्रहरीले उनी बिरुद्ध कपिलवस्तु जिल्ला अदालतबाट ५ दिनको अनुसन्धान म्याद लिएको जनाएको छ ।
प्रहरीले मोरङको रंगेलीबाट शारिरीक र मानसिक रुपमा फरक क्षमता भएकी युवतीलाई बलात्कार गरेको आरोपमा एक युवालाई पक्राउ गरेको छ ।
राजश्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनीविरूद्ध दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार नौ सय ४३ रुपैयाँ बिगो माग गर्दै मुद्दा दायर गरेको छ।
‘यी दुईका सहयोगी र यो घटना भइरहेको मिति समेत विविध बिषयको अनुसन्धान सुरु भएको छ,’ एसपी पाण्डेले पर्दाफाससँग भने, ‘निगमकै कर्मचारी र टंयाक्र धनी समेतको संलग्नताको आशंका गर...
हुण्डीको नगद र तस्करीको सुनको गहनासहित एक जना भारतीय नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit