Wednesday, 14 May 2025 | २०८२ जेठ १, बुधबार

यती एयरलाइन्सको भाग्यमानी बिजेता बने पोखरा–काठमाडौंका यात्री जीतबहादुर खत्री

यती एयरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरमा जीतबहादुर खत्री भाग्यशाली विजेता बनेका छन् । 

 

 

यती एयरलाइन्सले घटस्थापनादेखि छठ पर्वसम्म यात्रा गर्ने यात्रुका लागि सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरको भाग्यशाली विजेता खत्री बनेका हुन् । 

 

 


बिजेता खत्रीले पोखरा – काठमाडांैको उडान गरेका थिए  । यती एयरलाइनसले काठमाण्डौमा आयोजना गरेको लक्की ड्र बाट खत्री  विजयी बने । विजेता बनेसँगै खत्रीले दुई लाख ६७ हजार ९०० रुपैयाँ मूल्य बराबरको यामाहा फसिनो एफआई १२५ स्कुटर प्राप्त गरेका छन् । 

 

 

यती एयरलाइन्समा यात्रा गर्ने यात्रुहरु मध्येबाट ३ जना भाग्यशाली विजेता छानिने घोषणा गरेअनुसार बिजेता घोषणा गरिएको हो । यती धमाकेदार दशैं तिहार अफरको दोस्रो भाग्यशाली विजेता धुब्रराज भट्टराई बने  । भट्टराई दोस्रो विजेता बनेसँगै एक जोडीका लागी काठमाडौँ–दुवई– काठमाडौंको दुईतर्फी फ्रि हवाई टिकट प्राप्त गरेका छन् । 

 

 


यस्तै, तेस्रो भाग्यशाली विजेता स्वरुप्य सत्याल बने । तेस्रो विजेता बनेका सत्यालले हिराको टप प्राप्त गरेका छन् । यती एअरलाइन्सले सञ्चालन गरेको धमाकेदार दशैं तिहार अफरअन्तर्गत ३५ दिनमा एक लाख ७ हजार ५५ जनाले यती एअरलाइन्समार्फत् देशका विभिन्न गन्तव्यस्थलमा यात्रा गरेको एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए  । 
 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै