Sunday, 29 June 2025 | २०८२ असार १५, आईतबार

पुँजीबजारबारे अर्थमन्त्री, नेप्से, धितोपत्र प्रमुखबीच छलफल, दिए यस्तो निर्देशन

अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । 

 

बुधबार अर्थमन्त्री शर्माले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाए पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका हुन् । पुँजीबजार सम्बन्धी छलफलमा अर्थमन्त्री शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्न नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए । 

 

उनले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको कामकारबाहीले देखिने दाबी गरे ।
‘त्यो सबैको परिमाण के गरियो भने एउटा सक्षम योग्य नेतृत्व चयन गरियो । नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधानमा उहाँहरुको काम कारबाहीबाट देखि नै छ,’ उनले भने ।

 

कार्यक्रमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्नका लागि बोर्डले काम गरिरहेको बताए । उनले पुँजीबजार सुधारको लागि केही कानुनमा सुधार गर्नु पर्ने बताए । अध्यक्ष हमालले अनलाइन प्रणालीमा सुधार गर्नु पर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए ।

 

‘शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ । सुधारको लागि कानून पर्छ । त्यसमा टिएमएस प्रणाली’सुधार गर्नु पर्ने देखिएको छ । त्यो सुधार गर्न बोर्ड लागि रहेको छ,’ उनले भने ।

 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजीबजार सम्बन्धि ऐन समयसापेक्ष नभएको बताए । उनले पुँजीबजार सुधारको लागि अहिले भएका नीतिगत व्यवस्थाहरुलाई संशोधन गर्नु पर्ने आवश्यक रहेको बताए । कार्कीले शेयर बजारलाई प्रभावकारी बनाउनको लागि प्राविधिको अध्ययन गर्नु पर्ने जानकारी दिए ।

 

‘कसरी प्रभावकारी रुपमा हाम्रो मन्त्रालय र सरकारको स्पेश बढाउन सकिन्छ भनेर विभिन्न पक्षहरुसँग छलफल भइरहेको छ । केही भएका प्रावाधनहरु र नेप्सेमा जडान गरिएका प्रविधिहरुको अध्ययन गर्ने काम भएको छ । मन्त्री ज्युको निर्देशन अनुसार पुँजीबजार सम्बन्धि नीतिगत सुधारको लागि पुँजीबजार ऐन २०६३ रहेको छ । यो ऐन समय सापेक्ष छैन । त्यसलाई पनि हामीले सुधार गर्नुपर्छ,’ उनले भने ।

 

अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुस्करले पुँजीबजार आन्तरिक मात्र नभएर अन्तराष्ट्रिय बजारमा प्रभावकारी देखाउनु पर्ने बताए । उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए ।

 

‘शेयर बजार भनेको आन्तरिक रुपमा भन्दा पनि अन्तर्राष्ट्रिय एपिएसबाट लिङकेजबाट प्रभावित हुन्छ । हाम्रा कारोबारहरु अन्तर्राष्ट्रिय र आन्तरिक रुपमा कम्फटेवल हुनु पर्छ । त्यसको लागि नेप्से र सेवनका काम कारबाहीको पद्धतिलाई पनि विभिन्न छिमेकी मुलुकहरुसँग हाम्रा जस्तै अन्तर्राष्ट्रिय एजेन्सीहरुसँग पनि आवद्धता बढाउने काम अगाडि बढेको छ । अटोमेसनका कुरामा पुँजी व्यवस्थापनको लागि अर्थमन्त्रालयले काम गरिरहेको छ,’ उनले भने । 

 

कार्यक्रममा पुँजीबजारलाई नियमनकारी निकायका दुबै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नू पर्ने जोड दिएका छन् । अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउनु निर्देशन दिए भने पुँजीबजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताए ।
 

प्रतिक्रिया

96
प्रतिकृया थप्नुहोस्
प्रतिकृया थप्नुहोस्
सम्बन्धित समाचार सबै