
बीमा कम्पनीहरुको नियामक निकाय बीमा समितिले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा असार अन्तिम साताभित्र सार्वजनिक गर्ने पूर्वतयारी थालेको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हाल अस्तित्वमा रहेका बीमा कम्पनीहरुको पूँजीको आकार र कामको दायरा बढाउने विषय समेटिने भएको छ । जसमा समितिका सदस्यहरुको एकमत देखिन्छ ।
यस्तै, नीति तथा कार्यक्रमार्फत लघु बीमा व्यवसायका लागि कम्पनीहरुलाई लाइसेन्स खुल्ला गर्ने, बीमा कम्पनीहरुमा तालिका नै बनाएर कडा स्थलगत सुपरीवेक्षण गर्ने लगायतका बिषयलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पार्न लागिएको छ ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालका अनुसार अस्तित्वमा रहेका बीमा कम्पनीहरुको पूँजी वृद्धिको एजेण्डालाई प्राथमिकतामा राखिएको छ । जसका लागि तीन विकल्प दिइएको छ ।
बीमा समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीहरुमा मर्जर, हकप्रद निश्कासनको स्वीकृति दिने र लघु बीमा गर्ने कम्पनीहरुलाई लाइसेन्स दिन थालिनेछ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit