Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

देश गम्भीर संकटमा पर्दा पनि सरकार सेटिङमा व्यस्त भयोः प्रदीप ज्ञावाली

नेकपा एमालेका सांसद  प्रदीपकुमार ज्ञवालीले देश गम्भीर शंकटमा परेको बेला पनि सरकार सत्ता सेटिङमा व्यस्त भएको आरोप लगाएका छन् । 

 


मंगलार प्रतिनिधि सभाको बैठकमा बोल्द ज्ञवालीले सत्ता सेटिङ सकिएको भए देश बचाउन एकजुट हुन आग्रह गरे ।

 

उनले मुलुक झन्डै झन्डै राष्ट्रिय शंकटतर्फ धकेलिँदै गरेकोले यस विषयमा छलफल गर्न नेकपा एमालेले विरोधको स्वरुप परिवर्तन गरेको बताए । उनले प्रधानमन्त्री र मन्त्री नै सत्ता सेटिङमा व्यस्त रहेको बताए ।

 

उनले सरकारलाई महँगीले, हरेक नागरिकको हरेक गृहिणीको, हरेक गृहस्थको जीवन अस्तव्यस्त भएको कुरा र मुलुकको अर्थतन्त्रका सबै सूचकमा रातो बत्ती बल्दै गरेको अवस्थाले पनि छुन नसकेको बताए । उनले देशको स्थिति धेरै भयावह हुँदै गइरहेको बताए । 

 


सांसद ज्ञवालीले स्थानीय तह निर्वाचनमा नेकपा एमालेका कार्यकर्ताहरुमाथि सांघातिक आक्रमण हुँदा समेत सरकारे चासो नदेखाएको गुनासो गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै