Tuesday, 08 October 2024 | २०८१ असोज २२, मङ्गलबार

विप्लव नेकपाका नेता–कार्यकर्ता चाडै रिहा हुन्छन् : कार्यबाहक प्रधानमन्त्री खाण

कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । 

 

 

गृहमन्त्री समेतरहेका उनले सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपमै टुंंग्याउने गरी सरकारले महान्यायाधिवक्ताको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा छलफल गरिरहेको स्पष्ट पारे । 

 

 


कार्यबहाक प्रधानमन्त्री खाणले सो पार्टीका एउटै बन्दीलाई ६÷७ वटासम्म मुद्धा लागेको पाइएको उल्लेख गर्दै उनीहरुलाई कसरी मुक्त गर्ने भन्ने विषयमा नेताहरुसँग छलफल भईरहेको जानकारी समेत दिए । 

 


उनले सो पार्टीको मुद्धा लागेका, बन्दी जीवन विताईरहेकाहरुको संख्या यकीन गर्ने काम सरकारले गरिरहेको बताए । सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएर मुलुकमा शान्ति स्थापना गर्न प्रतिवद्ध रहेको कार्यबहाक प्रधानमन्त्री खाणको भनाई थियो । 

 


उनले भने, ‘मुद्धा लागेकाहरुलाई चाँही कानुनी प्रक्रियाबाटै त्यो मुद्धा टुंगियोस्, फिर्ता लिन सकियोस् । र बन्दीहरु पनि प्रक्रियागत रुपमै मुक्त हुन भन्ने हाम्रो चाहना छ । त्यसका लागि अहिले गृहकार्य भएको छ । र एट्टोर्नी जनरलको कार्यालय, कानुन मन्त्रालय र गृह मन्त्रालयमा उहाँहरु कति जना बन्दी हुनुहुन्छ ? र उहाँहरुको कानुनी अवस्था चाँही कस्तो छ ? र उहाँहरुलाई पनि हामीले भनेका छौं–कानुनी अवस्था कस्तो छ, कति जना हुनुहुन्छ ? कहाँकहाँ हुनुहुन्छ ? त्यसको बारेमा अव स्पेसिफिक रुपमा छलफल गरौं । र बन्दीभन्दा पनि मुद्धा धेरै रहेछ । एउटै व्यक्तिलाई ६ वटा, ७ वटा मुद्धा पनि छ । कुनै ठाउँमा घटना हुन्छ, त्यसैको नाममा अनेकौंको नाम जोडिएको हुन्छ । यसले गर्दाखेरी बन्दी भन्दा मुद्धा धेरै रहेछ । त्यसलाई हामीले अव कसरी सम्बोधन गर्ने भन्नेमै छलफलमा छौ हामी । सरकार सबै राजनीतिक पार्टीहरुसँग सम्वाद गर्ने, छलफल गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याएरै शान्ति स्थापना गर्न प्रतिवद्ध छ ।’

 

 

कार्यबहाक प्रधानमन्त्री खाणले शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने काममा सरकारले राजनीतिक दलहरुसँगको छलफल गर्ने कामलाई प्राथमिकता दिईरहेको पनि बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै