Thursday, 15 May 2025 | २०८२ जेठ २, बिहिबार

स्वीस सरकारको सहयोगका लागि एमालेले दियो  धन्यवाद

नेकपा एमालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र स्वीट्जरल्याण्डकी राजदूत एलिसाबेथ भोन क्यापलरबीच आज भेटवार्ता भएको छ । 

 


एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा भएको भेटमा महासचिव पोखरेलले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेकोमा स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिए । 

 

उनी उपप्रधानमन्त्री रहेको बेला महासचिव पोखरेलको पहलमा स्वीट्जरल्याण्ड सरकारले नेपाललाई रु ९४ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । 

 

सो अवसरमा राजदूत क्यापलरले असल मित्रराष्ट्र नेपाललाई सहयोग गर्न स्वीस सरकार सँधै तयार रहेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार सबै