
प्रधानमन्त्री केपी शर्मा ओली र अन्य शीर्षस्थ नेताहरुसँग चीनका राष्ट्रपति सी चिनफिङले भर्चुअल संवाद गर्ने भएका छन् ।
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) स्थापनाको सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपतिले छलफल आयोजना गर्न लागेका हुन् । मंगलबार हुने छलफलमा प्रधानमन्त्री केपी ओली सहभागी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् ।
मंगलबार छलफल हुने तय भए पनि समय भने निश्चित हुन बाँकी छ । छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत समेत सहभागी हुने तय भएको छ ।
छलफलमा भारतबाहेक अन्य दक्षिण एसियाली मुलुलकलाई पनि निमन्त्रणा गरिएको छ ।
© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit