Wednesday, 09 October 2024 | २०८१ असोज २३, बुधबार

तीन दिने भ्रमण सकेर फर्किए चिनियाँ विदेशमन्त्री वाङ

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएका छन् । तीन दिने नेपाल भ्रमण सकेर विदेश मन्त्री वाङ आज दिउँसो चीन फर्किएका हुन् ।

 

गत शुक्रबार नेपाल आएका वाङले नेपाल भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत नेतालाई भेटवार्ता गरेका थिए ।

 

शनिबार भएको द्वीपक्षीय वार्तामा नेपाल र चीनबीच ९ बुँदे समझदारीमा हस्ताक्षर भएको थियो । मन्त्री वाङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्यालले बिदाइ गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार सबै